IME Life
NIMB

कुमारी बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफा, आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको छ भने प्रतिशेयर आम्दानीमा पनि ठूलो उछाल देखिएको छ।

बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ८८७.९४ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी बैंकको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तसम्म ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। खुद फी तथा कमिशन आम्दानी १ अर्ब २७ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ३६ लाख रुपैयाँबाट बढेर ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै बैंकको सञ्चालन नाफामा पनि ठूलो उछाल आएको छ। गत आवको पुस मसान्तसम्म ७२ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालू आवमा ५०५.१५ प्रतिशतको वृद्धि गर्दै ४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) २.१० रुपैयाँबाट बढेर २०.७४ रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात (एनपीएल) ६.९६ प्रतिशतबाट सामान्य घटेर ६.९२ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५१.१६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ८.६३ गुणा रहेको छ।

तर बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक रहेको छ। रिजर्भमा भने १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...