IME Life
NIMB

कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो : आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला

NIMB
Himalayan Bank

 

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आफ्नो आईपीओ (Initial Public Offering) बिक्री खुला गरेको छ। कम्पनीले आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ बाट आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाहरूका लागि आईपीओ छिटोमा फागुन २७ र ढिलोमा चैत १३ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १७ र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले आवेदन बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङ्गटी शाखाबाट दिन सक्नेछन्।

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...