CG Electronics
IME Life
Ncell NPL

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।

अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा आयात तथा विक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखी आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।

भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरहरु सहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्दे आधिकारीक विक्री वितरणको शुरुवात गरिएको हो ।

चैत्र १० गतेबाट शुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागि हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमा बाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्नसक्नुहुनेछ । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ ।

चैत्र १० गते देखी २० दिनका लागि संचालन हुने यस कार्यक्रममा सहभागी हुने मध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले रु ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नुहुनेछ भने सहभागि हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्नुहुनेछ ।

साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्नुहुनेछ । यस अवधीमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैंया बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाईनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् ।

“नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो ।” कम्पनीका अध्यक्ष अर्जुन अधिकारी भन्नुहुन्छ, “लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो ।

अनि यो संभव भएको हो ।” वहाँ अगाडी भन्नुहुन्छ, “होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होईन भविष्यमा जापानी ब्राण्डका लागि नेपाली उत्पादक समेत बनेर निर्यातको लक्ष्य राखेको छ । हामीले नेपालमा हज्जारौं रोजगारी सृजनाको खाका कोरेका छौं । जसको यो शुरुवात हो ।”

विस दिन सम्म चल्ने यो सचेतनामुलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्ट प्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...