CG Electronics
IME Life
Ncell NPL

कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र विभागबीच डिजिटल सेवा विस्तारका लागि सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोगसम्बन्धी सम्झौता भएको छ ।

कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गरिएको उक्त सम्झौतामा विभागका महानिर्देशक नमराज घिमिरे र कोषका प्रशासक जितेन्द्र धितालले काठमाडौँमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि कोषमा आबद्ध हुने तथा भइसकेका सञ्चयकर्ताहरूको पहिचान प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत हुने व्यवस्था सुनिश्चित भएको छ । यसले प्रमाणीकरणका लागि कोषमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ ।

यसैगरी, कोषको सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्न, सेवा प्रवाहलाई छिटो, सहज, भरपर्दो तथा पारदर्शी बनाउन सम्झौताले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै कारोबारलाई थप सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार सञ्चयकर्ताको जनसाङ्ख्यिक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग एकीकृत गरी सुरक्षित रूपमा डाटा आदान–प्रदान गर्ने प्राविधिक संरचना विकास गरिनेछ ।

कार्यक्रममा विभागका महानिर्देशक नमराज घिमिरेले आधुनिक प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा सुधार, नागरिकमैत्री शासन प्रणाली निर्माण तथा डिजिटल नेपाल अभियानमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै, कोषका प्रशासक जितेन्द्र धितालले सूचना प्रणाली एकीकरणले सेवा प्रवाहमा दोहोरोपना हटाउने, लागत घटाउने र कार्यक्षमता बढाउने बताए ।

कर्मचारी सञ्चय कोषले आगामी दिनमा आधुनिक प्रविधि र पारदर्शी व्यवस्थापनमार्फत सेवाग्राहीलाई अझ गुणस्तरीय र झन्झटमुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...