एन आई सी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न अनुरोध
Wednesday Apr 01, 2026
वि.सं.२०८२ चैत १८ बुधवार २२:३५
काठमाडौं, चैत्र १८, २०८२ — NIC Asia Bank ले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम करकट्टी विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागको प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो।
ग्राहकहरूले बैंकको वेबसाइट, मोबाइल बैंकिङ एप वा नजिकैको शाखा कार्यालयमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। प्यान अद्यावधिक गरेपछि करकट्टी विवरण स्वतः ई-टीडीएस प्रणालीमा प्रविष्ट भई कर मिलान गर्न सहज हुने बैंकले जनाएको छ।
बैंकले ईमेल ठेगाना पनि अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले मोबाइल बैंकिङ एप वा भिडियो केवाईसी प्रणालीमार्फत आफ्नो ईमेल अपडेट गर्न सक्नेछन्।
बैंकका अनुसार ईमेल र प्यान अद्यावधिक भएपछि ग्राहकहरूले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसअघि विवरण अद्यावधिक नगरेका ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।
बैंकले सम्पूर्ण ग्राहकलाई समयमै विवरण अद्यावधिक गरी सेवा सहज बनाउन आग्रह गरेको छ।




























