CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २३ शनिवार

skip this studyinindiaexpo

कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा विगत ३० वर्षदेखि सेवा दिँदै आएको नेको इन्सुरेन्स लिमिटेड ले कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सरकारको प्राथमिकतामा रहेको कृषि बीमा क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कृषि विभाग र पशु सेवा विभाग का पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कम्पनीले केही वर्षअघि “नेकोको अभियान – कृषिमा योगदान” कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी बीमालाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। नेपाल कृषि प्रधान देश भएकाले किसानहरूले बीमा गर्दा भोग्नुपरेका समस्या तथा चुनौतीहरू कार्यक्रममा उठाइएको थियो।

कार्यक्रममा कम्पनीका कर्मचारीहरूले बीमा कार्यान्वयनका क्रममा भोगेका अनुभवहरू प्रस्तुत गरेका थिए। ती समस्याहरू समाधानका लागि सम्बन्धित निकायका पदाधिकारीहरूले व्यवहारिक उपायहरू सुझाएका थिए।

कार्यक्रम रमेश कुमार निरौला को अध्यक्षता तथा सुशीलदेव सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अशोक कुमार खड्का ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै, डा. उमेश दाहाल, ललन कुमार सिंह, डा. सुरज गुरुङ तथा निशा घिमिरे ले सहभागीहरूले उठाएका जिज्ञासाहरूको उत्तर दिएका थिए।

कार्यक्रमले कृषि तथा पशुपन्छी बीमालाई अझ प्रभावकारी, पहुँचयोग्य र किसानमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१९

  काठमाडौँ — अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (IME...

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१४

  नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

एलजी नेपालद्वारा “Game on with LG AI TV” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

एलजी नेपालद्वारा “Game on with LG AI...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०९

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै...

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरण

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०२

  काठमाडौं । हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक...

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:५१

  काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४९

  काठमाडौं । आज चीनको शेन्जेनमा हुवावे सूचना तथा सञ्चार प्रविधि...