IME Life
NIMB

महिला उद्यमी मेला सम्पन्न : २ करोड बढी र ३५ हजारले गरे मेला अवलोकन

NIMB
Himalayan Bank

काठमाडौं । महिला उद्यमी महासंघ, नेपालले आयोजना गरेको नवौं अन्तर्राष्ट्रि महिला व्यापार मेला आज (सोमबार) सम्पन्न भएको छ । मेला आयोजक समिति संयोजक तथा महासंघकी प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठका अनुसार मेलामा ३५ हजार जनाले अवलोकन गरे भने २ करोड रुपैयाँ बढीको आर्थिक कारोबार भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले महिलाहरुका समस्याहरु बुझेको र सरकारी तवरबाट गर्न सकिने काममा आफ्रनो साथ सधैं रहने बताउनु भयो ।

महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले स्वागत गर्दै भन्नु भयो, ‘स्वदेशी खाउँ स्वदेशी लाऔं, स्वदेशी उत्पादनको प्रोत्साहन गरौं’ मूल नाराका साथ सञ्चालन भएको मेला केवल व्यापारिक प्रदर्शनी मात्र नभई सिकाइ, सहकार्य र रूपान्तरणको एक सशक्त माध्यम बनेको छ। यहाँ महिला उद्यमीहरूले आफ्ना सिर्जनात्मकता प्रस्तुत गरेका छन्, नयाँ सम्बन्धहरू निर्माण गरेका छन् र भविष्यमा बजारीकरणको अवसरहरूका ढोकाहरू खोलेका छन् ।’

मेला आयोजक समिति संयोजक तथा प्रथम उपाध्यक्ष वैद्य श्रेष्ठले समापनमा भन्नु भयो, ‘यही २० देखि २२ गतेसम्मको यो तीनदिने यात्रा केवल व्यापार मेला मात्र थिएन, मेला महिला उद्यमशीलता, आत्मबल, नवप्रवर्तन, आर्थिक नेतृत्व र राष्ट्रिय पहिचानको सशक्त उत्सव थियो।’ उहाँले मेलाले नेपाली महिला उद्यमीहरू उत्पादनमा मात्र होइन, बजार निर्माण, ब्रान्ड विकास, अन्तर्राष्ट्रिय सञ्जाल, मूल्य श्रृंखला विस्तार र नवप्रवर्तनको नेतृत्वमा पनि अग्रणी रहेको पुष्टि गरेको बताउनु भयो ।

‘मेलाभर अवलोकनकर्ताहरूको उत्साहजनक र निरन्तर उच्च उपस्थिति रहेकोले यसले बजारमा महिला उद्यमीका उत्पादनप्रति विश्वास, सक्रियता र उपभोक्ता आकर्षण उच्च रहेको प्रमाणित गरेको छ।’– प्रथम उपाध्यक्ष वैद्य श्रेष्ठले भन्नु भयो ।

मेलामा उत्कृष्ठ पाल्पा, सुर्खेत, बाँके र खोटाङका जिल्ला संघलाई पुरस्कृत गरियो । महासंघकी द्वितीय उपाध्यक्ष बसन्ती प्रधानले धन्यवाद दिनु भयो । तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सबिता सुवेदीसमेतले मेलाको विषयमा चर्चा गर्नु भएको थियो । मेलाका स्टल मूल्याङ्कन समितिका शोभा रायमाझी, नीति जोशी र अञ्जना ताम्राकारलाई प्रसंसापत्रले सम्मान गरियो । यस्तै हस्तकलातर्फ कल्पना श्रेष्ठ र एग्रो स्टलतर्फ रसुमिला श्रेष्ठ उत्कृष्ठ बन्नु भयो ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...