CG Electronics
IME Life
NIMB

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूका लागि ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीले विद्यार्थीहरूलाई लक्षित गर्दै सुलभ दरमा विभिन्न सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ।

यस अफर आजदेखि लागू भएको छ र २०८३ असार २६ गतेसम्म उपलब्ध रहनेछ। अफर अन्तर्गत रु. २० मा नयाँ सिमकार्ड देशभरका टेलिकम कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै, पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि सोही नम्बरमा यो सुविधा लिन सक्नेछन्।

नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्मका लागि विभिन्न सेवा उपलब्ध हुनेछन्। सिममा मेन ब्यालेन्सको रूपमा रु. ९.८० प्रदान गरिनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस तथा डाटा प्रयोग गर्न सकिनेछ।

एसईई प्याकेज अन्तर्गत विद्यार्थीहरूले ३० दिनसम्म दैनिक २० मिनेट अन–नेट भ्वाइस कल, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा सुविधा प्राप्त गर्नेछन्। यी दैनिक सुविधा सोही दिनभित्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

यसका साथै, रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा ५०० एमबी डाटा, ५० मिनेट अन–नेट कल र ५० वटा एसएमएस बोनसका रूपमा उपलब्ध हुनेछ। यस्तो बोनस सुविधा प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, एक प्रति फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता वा अन्य सरकारी परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार गत वर्ष पनि यस्तै अफर ल्याइएको थियो र विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले यस वर्ष पनि निरन्तरता दिइएको हो। यस योजनाबाट विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...