CG Electronics
IME Life
Ncell NPL

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive ले ‘राइड मोर, विन मोर!’ नामक आकर्षक क्याम्पेन सार्वजनिक गरेको छ। क्याम्पेनअन्तर्गत प्रयोगकर्ताले एपमार्फत राइड बुक गर्दा विभिन्न पुरस्कार जित्ने अवसर पाउनेछन्।

नयाँ वर्षमा परिवार र साथीभाइसँग भेटघाटका लागि यात्राको चाप बढ्ने भएकाले हरेक यात्रालाई थप रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ। उक्त क्याम्पेन अप्रिल १४ देखि मे ४, २०२६ सम्म सञ्चालन हुनेछ।

क्याम्पेनअनुसार प्रत्येक राइड बराबर एक लक्की–ड्र टिकट हुनेछ, जसले प्रयोगकर्तालाई बढी राइड गर्दा बढी जित्ने अवसर प्रदान गर्नेछ। मेगा गिभअवेमा सहभागी हुन भने राइडपछि Khalti मार्फत प्रयोगकर्ताबाट चालकतर्फ कम्तीमा दुई कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ।

पुरस्कारतर्फ मेगा गिभअवेअन्तर्गत १० जनाले Honor X7d smartphone जित्नेछन्। त्यसैगरी १,००० जनाले १५ प्रतिशतसम्म क्यासब्याक (अधिकतम ५० रुपैयाँ), अर्को १,००० जनाले २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड, तथा १०० जनाले ‘खल्ती प्रो’ मा अपग्रेड हुने अवसर पाउनेछन्।

इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रीता पोखरेलले क्याम्पेनमार्फत प्रयोगकर्ताप्रति आभार व्यक्त गर्दै अझ धेरै मानिसलाई सेवा अनुभव गराउने उद्देश्य रहेको बताइन्। यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर सेवा थप सहज र सुरक्षित बनाइएको उल्लेख गरे।

यो क्याम्पेन देशभरका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ। लक्की–ड्र हरेक हप्ता हुने र विजेताहरू इनड्राइभका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...