CG Electronics
IME Life
Ncell NPL

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहेका छन् । समितिले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्नेछ ।

धितोपत्र नियमावलीअनुसार अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सिफारिश समितिले शैक्षिक योग्यता, अनुभव तथा उम्मेदवारले पेश गर्ने व्यावसायिक कार्ययोजनाको मूल्यांकन गर्नेछ । साथै, योग्य आवेदकहरू छनोट गरी अन्तर्वार्ता लिनेछ ।

धितोपत्र ऐनअनुसार समितिले तीन जनाको नाम छनोट गरी अर्थमन्त्रीसमक्ष सिफारिश गर्नेछ । त्यसपछि अर्थमन्त्रीको सिफारिशमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त हुने व्यवस्था छ ।

अध्यक्ष बन्नका लागि पूँजी बजार, धितोपत्र बजार व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको व्यावसायिक अनुभव आवश्यक पर्नेछ । साथै, कुनै राजनीतिक दलको सदस्य नभएको र धितोपत्र वा वस्तु विनिमय बजारसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष संलग्न नभएको स्व–घोषणा गर्नुपर्ने प्रावधान छ । यसअघि सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि पद रिक्त रहेको छ । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मंसिर १० गते अध्यक्षमा नियुक्त गरेको थियो ।

श्रेष्ठको नियुक्तिपछि उनको योग्यता सम्बन्धी विवाद उठेको थियो । कानूनअनुसार आवश्यक अनुभव नपुगेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धान अघि बढाएको थियो । साथै, विभिन्न कम्पनीका आईपीओ स्वीकृतिमा बिचौलियामार्फत कमिशन मागेको आरोपसमेत लागेपछि आयोगले उनलाई बयानका लागि बोलाएको थियो ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...