CG Electronics
IME Life
Ncell NPL

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज “Frostline” बजारमा ल्याएको छ। कम्पनीको नयाँ वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ।

सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ Frostline रेन्ज थप गरेको छ। यसका प्रमुख आकर्षणहरू यस प्रकार छन्:
• विशाल ट्याङ्की (Frostline 110 Ltr & 95 Ltr): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ।
• मिड–रेन्ज मास्टर (Frostline 75 Ltr & 55 Ltr): सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइ।

नेपाली बजारमा सीजीका कुलरहरू आफ्नो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै अत्यन्तै लोकप्रिय छन्। सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर (Desert Cooler), कमर्सियल कुलर (Commercial Cooler), पर्सनल कुलर (Personal Cooler), टावर कुलर (Tower Cooler) र विन्डो कुलर (Window Cooler) गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ। यी कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन्। नेपाली बजारले पहिलेदेखि नै यी २८ वटै मोडलहरूलाई अत्यन्तै रुचाएको र विश्वास गरेको छ। यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ Frostline रेन्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको छ।

मुख्य प्रविधि र विशेषताहरू
• डबल बल बेरिङ मोटर (Double Ball Bearing Motor): शक्तिशाली र टिकाउ मोटर जसले लामो समयसम्म बिना कुनै अवरोध शान्त र प्रभावकारी कुलिङ प्रदान गर्दछ।
• आइस च्याम्बर (Ice Chamber): थप चिसो हावाका लागि विशेष बरफ राख्ने सुविधा।
• एड्भान्स्ड हनीकम्ब प्याड: उच्च घनत्व भएको प्याडले लामो समयसम्म चिसोपन कायम राख्छ।
• शक्तिशाली एयर थ्रो: कोठाको प्रत्येक कुनासम्म चिसो हावा पुर्‍याउने उच्च गतिको फ्यान।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहकहरूले आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन खरिदको सुविधा पनि लिन सक्नेछन्। यस सञ्जालले ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै सीजीलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ। “Experience Life with CG” मार्फत कम्पनीले २०८३ सालभरि नै उपभोक्ताहरूलाई नवीन प्रविधि, नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत उत्कृष्ट जीवनको अनुभव गराउने प्रतिबद्धता व्यक्त गर्दछ।

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...