CG Electronics
IME Life
NIMB

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको चापी तथा आवश्यक कागजात हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो । “जीवनभन्दा ठूलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आपतकालीन अवस्थामा छिटो र सुरक्षित रूपमा बिरामीलाई अस्पताल पुर्‍याउन अब सहज हुने बताउनुभयो ।

भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन कठिनाइ हुने गरेको छ । यस्तो अवस्थामा एम्बुलेन्स हस्तान्तरणलाई स्थानीयले महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गणेश कुलुङ राई, वडा नम्बर २ का अध्यक्ष मोहन सम्सेर राई, वडा नम्बर ३ का अध्यक्ष प्रताप सिंह तामाङ, वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र राई र वडा नम्बर ५ का अध्यक्ष ईश्वर राईको उपस्थिति रहेको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत प्रविण राई, स्वास्थ्य संयोजक देवेन्द्र कुलुङ राई, प्रशासन प्रमुख भद्र राई तथा लेखापाल दीपक खड्काको पनि सहभागिता रहेको थियो ।

हाल गुँरास हाइड्रोपावर परियोजना सोही गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले एम्बुलेन्स हस्तान्तरणलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरेका छन् ।

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५६

  काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई...

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५ इन्च स्मार्ट टिभी जित्ने मौका

‘भिभो समर सरप्राइज’ सार्वजनिक, स्मार्टफोन खरिदमा ५५...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:५१

काठमाडौँ । नेपालका अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले गर्मीयाम र आगामी...

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ अभियान ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ सार्वजनिक

नेपालमा पाँच वर्ष पूरा गर्दै इनड्राइभको नयाँ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१२

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण,...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:०३

  काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप...

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५४

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार...

विश्वकप सिजन लक्षित गर्दै सामसङ नेपालद्वारा विशेष टिभी अफर सार्वजनिक

विश्वकप सिजन लक्षित गर्दै सामसङ नेपालद्वारा विशेष...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:५२

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टिभी...