CG Electronics
IME Life
Ncell NPL

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३” सार्वजनिक गर्दै ग्राहकका लागि विभिन्न नयाँ तथा आकर्षक भ्वाइस र डाटा प्याकेजहरू घोषणा गरेको छ। कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अफर बैशाख ११ गतेदेखि लागू हुने जनाएको छ।

नयाँ अफर अन्तर्गत टेलिकमले प्रिपेड मोबाइलका २८ दिने प्याकेजलाई परिमार्जन गरी ३० दिनको बनाएको छ। अब सबै प्याकेजहरू ३० दिन अवधिका हुनेछन्। साथै, भ्वाइस प्याकहरूमा अब सबै नेटवर्कमा कल गर्न सकिने ‘अल–नेट’ सुविधा समावेश गरिएको छ।

कम्पनीले लोकप्रिय “सजिलो अनलिमिटेड प्याक” लाई अझ आकर्षक बनाएको जनाएको छ। यस अन्तर्गत रु. ९९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, ३०० जीबी डाटा र ३०० एसएमएस सुविधा उपलब्ध हुनेछ। त्यस्तै रु. ७९९ को प्याकमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस समावेश गरिएको छ।

डाटा प्याकतर्फ रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी डाटा उपलब्ध हुने व्यवस्था गरिएको छ। साथै, मासिक प्याकेज अन्तर्गत रु. ५९९ मा दैनिक २ जीबी र रु. ३४९ मा दैनिक १ जीबी डाटा प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, छोटो अवधिका लागि रु. २५ मा १ घण्टासम्म अनलिमिटेड भ्वाइस तथा डाटा सुविधा उपलब्ध गराइएको छ। रु. ९९९ मा ३० दिनसम्म प्रतिदिन प्रयोग गर्न मिल्ने ५ एमबीपीएस स्पिडको डाटा प्याक पनि ल्याइएको छ।

यस अफर अन्तर्गत नाइट प्याक, कम्बो प्याक, बन्डल्ड प्याक, एड-अन प्याक, सीयूजी प्याक, एसएमएस प्याक तथा एफटीटीएच सेवा समेत समावेश गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा “नेपाल टेलिकम” एपमार्फत प्याकेजहरूबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफरले ग्राहकलाई अझ सुलभ र किफायती सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...