CG Electronics
IME Life
NIMB

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट स्याट सँगको प्राविधिक सहकार्यमा तापक्रममा हुने वृद्धि कारण गाई तथा भैँसीको दूध उत्पादनमा आउने कमीबाट कृषकलाई हुने क्षतिबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले नेपालमै पहिलोपटक सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्मको १५० दिन अवधिमा दैनिक अधिकतम तापक्रमका आधारमा बीमालेखको गणना गरिनेछ। निर्धारण गरिएको तापक्रमको तहमा आधारित यो बीमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैँसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गरिएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ले जानकारी दिनुभयो।

हालसम्म विभिन्न सहकारी तथा समूहमार्फत १,६२७ गाई तथा भैँसी यस योजनामा आबद्ध भइसकेका छन्। नेपाल बीमा प्राधिकरण बाट स्वीकृति प्राप्त यस बीमाको पुनर्बीमा नेपाल रि-इन्स्योरेन्स कम्पनी मार्फत गरिएको छ।

यो बीमा तापक्रमका कारण उत्पन्न हुने तनावमा आधारित रहेर दूध उत्पादनमा हुने ह्रासलाई मात्र समेट्नेछ। तापक्रमको आधिकारिक रेकर्डलाई आधार मानेर तोकिएको सीमा नाघेमा मात्रै क्षतिपूर्ति प्रदान गरिनेछ। सुमन घिमिरे का अनुसार पूर्वनिर्धारित तहअनुसार नै क्षतिपूर्ति निर्धारण हुनेछ।

सूचकांकमा आधारित ‘ट्रिगर प्रणाली’ प्रयोग गरिएकाले दाबी प्रक्रिया छिटो र पारदर्शी हुने कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकाल ले बताउनुभयो। जल तथा मौसम विज्ञान विभाग बाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गरिनेछ भने ट्रिगर स्तर पुगेपछि दाबी प्रक्रिया सुरु हुनेछ।

दाबी विभाग प्रमुख शुभाष दीक्षित का अनुसार सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्रै विद्युतीय माध्यमबाट सिधै कृषकको बैंक खातामा भुक्तानी पठाइनेछ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...