CG Electronics
IME Life
NIMB

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर इकोनोमीलाई संस्थागत गर्ने लक्ष्य

NIMB
Himalayan Bank

 

काठमाडौं। आइएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा गरेको छ। डिजिटल सामग्री उत्पादक (क्रिएटर) हरूलाई लक्षित गर्दै सुरु गरिएको यो मञ्च नेपालकै पहिलो राष्ट्रिय सम्मान कार्यक्रम भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अवार्डले नेपालमा क्रिएटर इकोनोमीलाई संस्थागत गर्न सहयोग गर्नेछ। कार्यक्रममार्फत २०० भन्दा बढी प्रभावशाली क्रिएटरहरूलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर तथा नयाँ प्रतिभाको प्रोत्साहन दिने उद्देश्य राखिएको छ।

अवार्डका चार चरण निर्धारण गरिएको छ। पहिलो चरणमा वैशाख १ देखि असार १ सम्म खल्ती एपमार्फत निःशुल्क दर्ता गर्न सकिनेछ। त्यसपछि असार १ देखि १० सम्म मूल्याङ्कन गरी शीर्ष १०० क्रिएटर छनोट गरिनेछ।

तेस्रो चरणमा असार ११ देखि साउन १६ सम्म भोटिङ तथा कन्टेन्ट च्यालेन्ज हुनेछ, जसमा क्रिएटरहरूले आफ्ना सामग्री प्रस्तुत गर्नेछन्। अन्तिममा साउन १६ गते काठमाडौंमा ग्रान्ड फिनाले आयोजना गरी विजेताहरू घोषणा गरिनेछ।

कम्पनीले लिइएका यी पहलहरूले डिजिटल क्रिएटरहरूलाई व्यावसायिक रूपमा अघि बढ्न मद्दत गर्ने र नेपालमा सिर्जनशील डिजिटल इकोसिस्टम विकासमा योगदान पुर्‍याउने जनाएको छ।

आईएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले इन्फ्लुएन्सरलाई अब केवल पहुँच नभई जिम्मेवारीका रूपमा हेर्नुपर्ने बताउँदै यो अवार्डले क्रिएटरहरूलाई आफ्नो आवाजलाई प्रभावकारी रूपमा प्रयोग गर्ने मञ्च दिने उल्लेख गरेका छन्।

खल्ती एपमार्फत इच्छुक क्रिएटरहरूले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...