CG Electronics
IME Life
NIMB

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

NIMB
Himalayan Bank

 

काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले एसईई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा भारी छुट पाउने छन् । ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् । जसमा कम्पनीले २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टर समेत निःशुल्क उपलब्ध गराउने छ ।

त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पाट्र्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सीमित अवधिसम्म बेनेलीका देशभरका शोरुमहरू लागू हुनेछ ।

कम्पनीका अनुसार यो योजना नेपालमै बेनेलीले ल्याएको सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफर मध्ये एक हो। यस अफरले युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्राण्डको अनुभव सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्री विशेषगरी एसईई दिएका विद्यार्थी र युवा पुस्तालाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको बताए ।

‘हामीले विशेषगरी एसईई दिएका विद्यार्थीहरू तथा युवा पुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...