NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको संयुक्त आयोजनामा राजधानीमा क्षेत्रीय सम्मेलन “समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता” सम्पन्न भएको छ। “व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम” भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा नेपाल, म्यानमार, बंगलादेश तथा भियतनामका नीति निर्माता, व्यवसायी, विकासकर्मी, वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद् र उद्यमीसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (AI), बढ्दो श्रम गतिशीलता र जलवायु परिवर्तनले तीव्र रूपमा परिवर्तन गरिरहेको विश्वमा निजी क्षेत्रको संलग्नतालाई कसरी संस्थागत, अनुकूलित र विस्तार गर्न सकिन्छ भन्ने मुख्य विषयमा गहन विचार विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा निजी क्षेत्रद्वारा नेतृत्व गरिएको आर्थिक वृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन बन्न नसक्ने स्पष्ट पार्दै उहाँले समावेशी वृद्धिको मार्ग गतिशील निजी क्षेत्रमार्फत निर्माण हुनुपर्ने र श्रमशक्तिलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा आबद्ध गरिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, विशेष मन्तव्य राख्दै पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालले लगानी, निर्यात, ऊर्जा विकास र रोजगारीका लक्ष्यहरू पूरा गर्न सरकारले नियन्त्रकभन्दा सहजीकरणकर्ताको भूमिका निर्वाह गर्नुपर्ने र व्यवसायहरूले विश्वासका साथ लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले रोजगारीका चुनौती समाधान र आर्थिक प्रतिस्पर्धात्मकता सुदृढ गर्न सरकार, व्यवसाय, श्रमिक, विकास साझेदार र समुदायबीच विश्वास र साझा जिम्मेवारीमा आधारित नयाँ विकास सम्झौता आवश्यक रहेको उल्लेख गर्नुभयो।

सम्मेलनमा क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै हेल्भेटासका एसिया महादेशीय संयोजक डा. जुएर्ग मर्जले निजी क्षेत्रको संलग्नता केवल अतिरिक्त स्रोत परिचालन मात्र नभई साझा मूल्य सिर्जना गर्ने संरचित साझेदारी भएको र विकास सहकार्य क्रमशः परम्परागत अनुदानबाट प्राविधिक सहयोग र निजी लगानी परिचालनतर्फ रूपान्तरण भइरहेको बताउनुभयो।

स्विस विकास तथा सहयोग नियोग (SDC) का उपप्रमुख माथियास मायरले दिगो विकासका लागि निजी क्षेत्र अपरिहार्य रहेको भन्दै सार्थक साझेदारीमा लागत, जोखिम र जिम्मेवारीको साझेदारी हुनुपर्नेमा जोड दिनुभयो। यसैगरी हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले प्रभावकारी निजी क्षेत्र संलग्नता कारोबारको विषय मात्र नभई प्रोत्साहनहरूलाई एकरूप बनाउने, जोखिम बाँडफाँड गर्ने र समयसँगै विश्वास निर्माण गर्ने सम्बन्धको विषय भएको उल्लेख गर्नुभयो। सम्मेलनले निजी क्षेत्रलाई केवल लाभग्राही मात्र नभई सह-लगानी गर्न सक्ने र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न सक्ने रणनीतिक साझेदारका रूपमा स्वीकार गर्नुपर्ने साझा सन्देश प्रवाह गरेको छ।

सम्मेलनको एक अभिन्न कार्यक्रमका रूपमा बागमती प्रदेश उद्योग परिसंघ (CBPI) सँगको सहकार्यमा “निजी क्षेत्रको संलग्नता: प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) को छवि निर्माण” भन्ने विषयमा बागमती प्रदेशभरिका प्रशिक्षार्थीहरूका लागि सीप प्रतियोगिता समेत आयोजना गरिएको थियो।

उद्योग क्षेत्रका विज्ञहरूद्वारा गरिएको मूल्याङ्कनका आधारमा सूचना प्रविधि विधामा सुष्मा तामाङ, अटोमोबाइल विधामा प्रेम गोले तथा आतिथ्य विधामा सुदीप वाइबा विजेता घोषित भएका छन्। साथै, प्रशिक्षार्थी परीक्षामा सर्वाधिक अंक प्राप्त गरेबापत अमृता प्रजालाई ‘CBPI प्रेसिडेन्सियल अवार्ड २०२६’ प्रदान गरियो भने सोफ्टी हाइजिन प्रा. लि. का प्रबन्ध निर्देशक यादव घिमिरेलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

यसका साथै, सम्मेलनमा डिजिटल सेवा तथा उत्पादन मार्केटप्लेसको समेत आयोजना गरिएको थियो। उक्त मार्केटप्लेसमा GLocal, हेल्भेटास बंगलादेश, हेल्भेटास भियतनाम, रुपन्देही उद्योग संघ (RCI), नेपाल उद्योग परिसंघ (CNI), ReMI परियोजना तथा बुद्ध इन्क्युबेशन सेन्टरद्वारा विकास गरिएका नवप्रवर्तनशील समाधानहरू प्रदर्शन गरिएका थिए।

मार्केटप्लेसले डिजिटल रूपान्तरण आफैंमा अन्तिम लक्ष्य नभई सूचना र कार्य, मानिस र अवसर तथा विचार र प्रभावबीचको दूरी कम गर्ने माध्यम भएको सन्देश प्रवाह गरेको छ। समग्रमा यो सम्मेलन मर्यादित रोजगारी, उद्यमशीलता, दिगोपना तथा समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने निजी क्षेत्र-नेतृत्वित समाधानहरूलाई प्रवर्द्धन गर्ने साझा प्रतिबद्धताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१०

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल...

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३१

  काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...