NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रन्ज अवार्ड प्रदान गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यती मा आयोजित विशेष समारोहमा उक्त अवार्ड संयुक्त रूपमा ग्रहण गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

यस अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।

अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ मजबुत बनाउने जिम्मेवारी थपिएको उल्लेख गरे। उनले कम्पनीप्रति विश्वास व्यक्त गर्ने बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

यसै वर्ष कम्पनीले वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका आधारमा केयर रेटिङ नेपाल बाट ‘ए माइनस (A-)’ क्रेडिट रेटिङ समेत प्राप्त गरेको छ।

देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको आईएमई लाइफले “भविष्य सुनिश्चित गर्दै” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा ग्राहककेन्द्रित सेवामा जोड दिँदै आएको जनाएको छ।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...