IME Life
NIMB

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

NIMB
Himalayan Bank

 

काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको शान्ति, मनको शान्ति’ अभियान अघि बढाएको छ। कम्पनी नेपालमा गोदरेज एप्लायन्सेसको आधिकारिक वितरक हो।

कम्पनीका अनुसार आधुनिक जीवनशैलीमा रेफ्रिजरेटर केवल खाद्य सामग्री चिसो राख्ने उपकरण नभई परिवारको स्वास्थ्य, दैनिक सुविधा र समय व्यवस्थापनसँग जोडिएको आवश्यक घरेलु उपकरण बनेको छ। यही आवश्यकतालाई ध्यानमा राखेर गोदरेजले आधुनिक प्रविधियुक्त रेफ्रिजरेटर नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

गोदरेजका नयाँ रेफ्रिजरेटरमा एआई–सञ्चालित प्रविधि, फुड लोड ट्र्याकिङ, युसेज मोनिटरिङ, स्मार्ट डिफ्रोस्ट, नानो शिल्ड प्रविधि, ३० दिनसम्म खाद्य सामग्री ताजा राख्ने क्षमता, फोर–इन–वन कन्भर्टिबल मोड, स्मार्ट कन्भर्टिबल जोन तथा एड्भान्स्ड क्यापिलरी टेक्नोलोजी जस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी प्रविधिले खाद्य सामग्रीलाई लामो समयसम्म ताजा र सुरक्षित राख्नुका साथै भण्डारणलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउँछन्। यसले दैनिक बजार जानुपर्ने आवश्यकता घटाउने, खाद्य सामग्री खेर जान नदिने तथा व्यस्त परिवारको भान्सा व्यवस्थापनलाई सहज बनाउने विश्वास कम्पनीको छ।

त्यस्तै, बालबालिकाको टिफिन, पाहुनाका लागि तयार गरिने परिकार तथा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्न पनि यी सुविधाले सहयोग गर्ने कम्पनीले जनाएको छ।

गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड रेफ्रिजरेटर नेपालभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो आवश्यकता र परिवारको आकारअनुसार विभिन्न मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

रेफ्रिजरेटरका अतिरिक्त गोदरेजका भिसी कुलर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर पनि नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...