NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशका आफ्ना १४८ शाखामार्फत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी करिब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरेको जनाएको छ।

बैंकका अनुसार कोशी प्रदेशका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिमका १० शाखामार्फत सञ्चालन गरिएका कार्यक्रममा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति तथा विभिन्न समुदायका सहभागीलाई वित्तीय साक्षरताबारे जानकारी दिइएको थियो।

कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङसँगै बढ्दो साइबर अपराध तथा वित्तीय जोखिम, सुरक्षित कारोबारका उपाय, नगद कारोबार, विप्रेषण र अन्य वित्तीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने विषयमा जानकारी गराइएको बैंकले जनाएको छ।

यसैबीच, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र तथा संघसंस्थालाई सहयोग प्रदान गरेको छ। सोही क्रममा बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका–४ स्थित श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको जनाएको छ।

बैंकले यस्ता कार्यक्रमले वित्तीय सचेतना अभिवृद्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स बैंकले हालै युवामुखी ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ। साथै मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा तथा क्रस बैंक टेलर क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।

बैंकका अनुसार हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...