IME Life
NIMB

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

NIMB
Himalayan Bank

 

काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DoIT) सँग नागरिक एप इन्टिग्रेसनका लागि सहकार्य सम्झौता गरेको छ। बैंकले उक्त सहकार्यले डिजिटल बैंकिङ सेवालाई अझ सहज, छिटो र सुरक्षित बनाउने जनाएको छ।

सम्झौतापछि एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङसम्बन्धी विभिन्न फाराम भर्न सक्नेछन्। यसबाट व्यक्तिगत विवरण पटक–पटक हातैले प्रविष्ट गर्नुपर्ने आवश्यकता हट्ने, कागजी प्रक्रिया घट्ने तथा बैंकिङ सेवा अझ छरितो हुने बैंकको विश्वास छ।

बैंकका अनुसार ग्राहकको गोपनीयता र व्यक्तिगत सूचनाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न सक्नेछैन। प्राप्त जानकारी पनि सम्बन्धित सेवा प्रदान गर्न आवश्यक प्रयोजनमा मात्र प्रयोग गरिने जनाइएको छ।

एनएमबि बैंकले देशको विकास हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधार (DPI) को उपयोग गर्दै बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र झन्झटरहित बनाउने आफ्नो प्रयासमा यो सहकार्य महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...