IME Life
NIMB

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

NIMB
Himalayan Bank

 

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक एन्ड विन’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले एनसेल एप खोलेर आफ्नो मोबाइल फोन हल्लाउँदा तुरुन्तै विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार बहुउपयोगी सेल्फ–सर्भिस प्लेटफर्मका रूपमा स्थापित एनसेल एपको प्रयोग बढाउने तथा डिजिटल सेवाप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको हो। अफरमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन।

यस अफरमार्फत ग्राहकले पार्टनर सेवाहरूमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न सुविधाहरू उपहारका रूपमा प्राप्त गर्न सक्नेछन्। प्रत्येक २४ घण्टामा एक पटक मोबाइल हल्लाएर नयाँ सरप्राइज उपहार प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उपहारमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्टमा छुट तथा यात्रा एवं साहसिक गतिविधिमा विशेष छुट लगायतका सुविधा समावेश छन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा भएको उल्लेख गर्दै यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक ढंगले डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहार जित्ने अवसर प्रदान गर्ने बताए।

कम्पनीका अनुसार यस्ता अफरमार्फत डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध सेवाको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

एनसेलले आफ्नो ‘डिजिटल–फर्स्ट’ रणनीतिअनुसार ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने अपेक्षा गरिएको छ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...