IME Life
NIMB

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय यात्रा (सिल्भर जुबिली) पूरा गर्ने क्रममा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income–FPI) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गरी स्थापित गरेको उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउँदै रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। कम्पनीले यस उपलब्धिलाई नेपाली जीवन बीमा उद्योगकै पहिलो ऐतिहासिक सफलता भएको दाबी गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पुर्‍याउने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीप्रति ग्राहकको विश्वास र सम्पूर्ण सरोकारवालाको साथकै कारण यो उपलब्धि सम्भव भएको उल्लेख गरे।

नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवा विस्तार, नवीन बीमा योजना सञ्चालन, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमार्फत विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।

कम्पनीले २५ वर्षको यात्रामा हासिल भएको १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्कलाई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताको रूपमा व्याख्या गर्दै भविष्यमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाका रूपमा उत्कृष्ट सेवा र नयाँ उपलब्धिलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...