IME Life
NIMB

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

NIMB
Himalayan Bank

 

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।

बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी जिम्मेवारी सम्हालिसकेका उहाँको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

पदभार ग्रहणपछि आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने बताउँदै ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने, कर्मचारीको मनोबल अभिवृद्धि गर्ने तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेको छ।

हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा ८९ शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” नारासहित बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, भरपर्दो तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...