NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होण्डा कारका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान सञ्चालन गरेको जनाएको छ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म निर्माण भएका केही होण्डा कारका मोडेलमा एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको हो।

यस अभियानअन्तर्गत Honda City, Honda Civic, Honda CR-V, Honda Jazz, Honda Insight, Honda Stream र Honda Accord मोडेलका प्रभावित गाडीहरूको एयरब्याग परीक्षण गरिनेछ। आवश्यक परे एयरब्याग इन्फ्लेटर पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

आफ्नो गाडी रिकल अभियानमा पर्छ वा पर्दैन भन्ने जानकारी ग्राहकले होण्डाको आधिकारिक वेबसाइटमार्फत जाँच गर्न सक्नेछन्। साथै, सम्भावित जोखिमबाट बच्न नजिकको होण्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग परीक्षण गराउन कम्पनीले आग्रह गरेको छ।

सर्भिस बुकिङ तथा थप जानकारीका लागि कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।

 

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...