NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे दक्षिण एसियाली क्षेत्रीय संवाद हुँदै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । ब्रिटिस काउन्सिलले अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशीलता, समावेशी शिक्षा र प्रविधिको प्रभावकारी प्रयोगबारे छलफल गर्न ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ।

जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने तीनदिने निःशुल्क अनलाइन सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा बदलिँदो विश्व परिवेशमा विद्यार्थीलाई आवश्यक सिर्जनशीलता, सञ्चार क्षमता, आलोचनात्मक सोच तथा सहकार्य सीप कसरी विकास गर्ने भन्ने विषयमा छलफल हुनेछ।

दक्षिण एसियाली शैक्षिक प्रणालीले पाठ्यक्रम, प्रभावकारी मूल्याङ्कन र विद्यार्थीका बदलिँदा आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला सम्मेलन आयोजना गरिएको ब्रिटिस काउन्सिलले जनाएको छ। सम्मेलनमा अंग्रेजी भाषा शिक्षणलाई केवल भाषा सिकाइमा सीमित नराखी विद्यार्थीको सहभागिता, स्वामित्व, समावेशिता र नवप्रवर्तनसँग जोड्ने विषयमा विशेष जोड दिइनेछ।

बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरूले विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठालाई कसरी थप समावेशी बनाउने, विद्यार्थीको आवाजलाई कसरी सशक्त बनाउने तथा कृत्रिम बुद्धिमत्ता (एआई)लाई मानव–केन्द्रित शिक्षणको पूरकका रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा अनुभव आदानप्रदान गर्नेछन्।

सम्मेलनमा मुख्य प्रस्तुति, प्यानल छलफल, कक्षाकोठाका अनुभव र उत्कृष्ट अभ्यास प्रस्तुत गरिनेछन्। सहभागीहरूले दक्षिण एसियाका साझा शैक्षिक चुनौती तथा स्थानीय स्तरमा अपनाइएका समाधानका उपायबारे जानकारी प्राप्त गर्ने अवसर पाउने आयोजकको विश्वास छ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीका अनुसार वर्तमान विश्वमा विद्यार्थीको सफलताका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप आवश्यक छन्, जसका लागि सिर्जनशील शिक्षणको महत्वपूर्ण भूमिका हुन्छ।

उहाँले सम्मेलनले अनुसन्धानमा आधारित अभ्यास, व्यवहारिक रणनीति तथा कक्षाकोठामा लागू गर्न सकिने शिक्षण अवधारणाबारे शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालालाई सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो।

सम्मेलनमा श्रीलंकाकी अञ्जु मोसेस, भारतकी हुमा हसना रियाज अहमद, नेपालको शोभा भट्टराई, कृष्ण आर.सी. र आस्था कुमारी चौधरी, पाकिस्तानकी रविया शफी र डा. फौजिया शमिम, बंगलादेशका डा. एम.डी. मोस्ताफिजुर रहमान तथा डा. एम.डी. मोहिव उल्लाहलगायत दक्षिण एसियाका प्रतिष्ठित शिक्षाविद्हरू वक्ताका रूपमा सहभागी हुनेछन्।

ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनमा सहभागिता निःशुल्क हुनेछ र इच्छुक व्यक्तिले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...