IME Life
NIMB

स्थानीय पहिचानलाई प्राथमिकता दिँदै एनएमबि बैंकले सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सञ्चालनमा ल्यायो

NIMB
Himalayan Bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकलाई लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।

बैंकले स्थानीय पहिचान र क्षेत्रगत वित्तीय आवश्यकतालाई ध्यानमा राखेर सात प्रदेशका लागि सातवटा विशेष बचत खाता सार्वजनिक गरेको जनाएको छ। योजनाअन्तर्गत कोशी प्रदेशका लागि ‘कोशी बचत खाता’, मधेसका लागि ‘मिथिला बचत खाता’, बागमतीका लागि ‘बागमती बचत खाता’, गण्डकीका लागि ‘फेवा बचत खाता’, लुम्बिनीका लागि ‘बुद्ध भूमि बचत खाता’, कर्णालीका लागि ‘रारा बचत खाता’ तथा सुदूरपश्चिमका लागि ‘खप्तड बचत खाता’ सञ्चालनमा ल्याइएको छ।

बैंकका अनुसार डिजिटल बैंकिङ र बचत संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यस योजनामा ग्राहकले पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा प्राप्त गर्नेछन्। साथै, पहिलो वर्षका लागि डिम्याट र मेरोसेयर खाता निःशुल्क दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। यसबाहेक अन्य आकर्षक सुविधासमेत उपलब्ध गराइने बैंकले जनाएको छ।

‘प्रदेश बचत खाता’ योजनामार्फत देशका सबै क्षेत्रमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य रहेको बैंकको भनाइ छ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...