IME Life
NIMB

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक (Ampere Electric) ले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसन प्रालिले मलंगवाको राजर्षि चोकस्थित बी.एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्रका रूपमा नियुक्त गरेको जनाएको छ। नयाँ शोरुमबाट ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी (Greaves Electric Mobility) अन्तर्गत उत्पादन हुने एम्पियरले नेपालका विभिन्न क्षेत्रमा आफ्नो बजार विस्तार गर्दै आएको छ। एसटीसी अटो सोलुसनसँगको सहकार्यमार्फत गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो बिक्रीपछिको सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट (LFP) ब्याट्री सुरक्षित, टिकाउ र लामो आयु भएको दाबी गरिएको छ। कम्पनीका अनुसार उक्त ब्याट्री माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको छ। साथै ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ।

हाल नेपाली बजारमा Ampere Nexus EX को मूल्य ३ लाख ३५ हजार रुपैयाँ, Ampere Nexus EX+ को ३ लाख ४५ हजार रुपैयाँ तथा Ampere Magnus G Max को ३ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मलंगवामा आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनसँगै उदाउँदा बजारहरूमा वातावरणमैत्री तथा दिगो यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप सुदृढ बनाइनेछ।

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...