NADA AUTO SHOW -2026
IME Life
NIMB

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका उन्नत सुविधासहितको ह्वावे वाच फिट ५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालमा ह्वावेका उपभोक्ता उत्पादनको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले स्मार्टवाच सार्वजनिक गरेको हो।

स्मार्टवाच सार्वजनिकसँगै कम्पनीले ग्राहकका लागि सीमित अवधिको विशेष अफरसमेत ल्याएको छ। ह्वावे वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ह्वावे फ्रीबड्स एसई २ निःशुल्क पाउनेछन्।

४३ हजार ९९० रुपैयाँ मूल्य

ह्वावे वाच फिट ५ प्रो को नेपाली बजार मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ। स्मार्टवाचमा कालो फ्लोरोइलास्टोमर, सुन्तला–खैरो नायलन र सेतो फ्लोरोइलास्टोमर गरी विभिन्न स्ट्र्याप विकल्प उपलब्ध छन्।

वाचमा १.९२ इन्चको डिस्प्ले रहेको छ। १.८ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेल र अधिकतम ३ हजार निट्स ब्राइटनेसका कारण प्रत्यक्ष घाममा समेत स्पष्ट दृश्य अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।

फिटनेस र बाहिरी गतिविधिमा विशेष ध्यान

ह्वावे वाच फिट ५ प्रो मा दैनिक जीवनशैलीलाई लक्षित गर्दै मिनी–वर्कआउट मोड राखिएको छ। यसमा ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा तथा निर्देशित व्यायाम उपलब्ध छन्।

बाहिरी गतिविधिका लागि ट्रेल रन मोड पनि दिइएको छ। यसले खण्डअनुसारको नेभिगेसन, उचाइको प्रवृत्ति र अनुमानित आगमन समयजस्ता सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

गल्फ खेलाडीका लागि विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रिन भ्यु तथा स्विङ विश्लेषण सुविधा उपलब्ध छन्।

स्वास्थ्य निगरानीमा उन्नत सुविधा

स्वास्थ्यसम्बन्धी सुविधामा एएफआईबी तथा असामान्य मुटुको धड्कनसम्बन्धी सूचना, ईसीजी र धमनीको कठोरता पहिचानलगायतका सुविधा समावेश गरिएको छ।

महिला प्रयोगकर्ताका लागि नाडीको तापक्रममा आधारित महिला स्वास्थ्य निगरानी सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

ब्याट्री १० दिनसम्म टिक्ने दाबी

ह्वावेका अनुसार हल्का प्रयोगमा वाचको ब्याट्री १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म टिक्न सक्छ। यसले दैनिक जीवनशैलीमा स्मार्टवाचको प्रयोगलाई सहज बनाउने कम्पनीको भनाइ छ।

ह्वावे वाच फिट ५ प्रो नेपालभर ४३ हजार ९९० रुपैयाँ मा उपलब्ध छ। साथै, ५ हजार ४९० रुपैयाँ मूल्यको फ्रीबड्स एसई २ निःशुल्क दिने अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी निर्माणका लागि सुरक्षित कार्यस्थल

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:२९

सल्यान, खलङ्गा । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी...

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

  काठमाडौँ । नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरूको सानो...

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:२८

  काठमाडौं । होटल तथा आतिथ्य व्यवसायलाई शंकाको दृष्टिले नभई...

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...