होनरले सार्वजनिक गर्यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु
Friday Aug 21, 2026
वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६
काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम कम्पनी होनरले बहुप्रतीक्षित ‘होनर रोबोट फोन’ सार्वजनिक गरेको छ। पूर्ण रूपमा एकीकृत मेकानिकल गिम्बल, एआई–सञ्चालित गति नियन्त्रण र एआरआरआई इमेज साइन्ससहितको यो उपकरणले स्मार्टफोन प्रविधिमा नयाँ श्रेणी सिर्जना गरेको कम्पनीको दाबी छ।
प्रिमियम स्मार्टफोनको डिजाइनमै मोटरद्वारा सञ्चालन हुने तीन-अक्षीय मेकानिकल गिम्बल एकीकृत गरिएको होनर रोबोट फोनले परम्परागत मोबाइल प्रविधिको भौतिक सीमाभन्दा अगाडि बढेर सक्रिय डिजिटल सहायक तथा शक्तिशाली मोबाइल निर्माण स्टुडियोको अनुभव दिने कम्पनीले जनाएको छ।
फोनमा होनर टाइटेनियम एजाइल गिम्बल सहितको अत्यन्तै कम्प्याक्ट चार डिग्री स्वतन्त्रता भएको मेकानिकल प्रणाली समावेश गरिएको छ। ६० वटा निर्माण प्रक्रियामार्फत विकसित उक्त प्रणालीमा १०० भन्दा बढी उच्च सटीकतायुक्त कम्पोनेन्ट प्रयोग गरिएको र यो १०० भन्दा बढी पेटेन्टबाट समर्थित रहेको कम्पनीको भनाइ छ।
एआरआरआईसँगको सहकार्यमा सिनेमाटिक अनुभव
व्यावसायिक सिनेमाका क्यामेरा डिजाइन गर्ने विश्वप्रसिद्ध कम्पनी एआरआरआई र होनरबीचको सिनेमाटिक इमेजिङ साझेदारीअन्तर्गत यो पहिलो प्रमुख उत्पादन उपलब्धि भएको बताइएको छ।
सामान्य फिल्टरभन्दा धेरै अगाडि बढ्दै फोनमा एआरआरआई इमेज साइन्स तथा व्यावसायिक सिनेमाटिक कार्यप्रणालीका चयनित विशेषतालाई स्मार्टफोनमा प्रयोग गर्न मिल्ने गरी अनुकूलन गरिएको छ। यसले मोबाइलबाटै उच्चस्तरीय भिडियो तथा सिनेमाटिक सामग्री निर्माण गर्ने प्रयोगकर्तालाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
दुईवटा २०० मेगापिक्सेल क्यामेरा
होनर रोबोट फोनको पछाडिको भागमा दुईवटा २०० मेगापिक्सेल क्यामेरा प्रणाली दिइएको छ। यसमा १/१.२८ इन्च सेन्सर र एफ/१.६ एपर्चरसहितको २०० मेगापिक्सेल एजाइल गिम्बल मुख्य क्यामेरा रहेको छ।
त्यस्तै, १/१.४ इन्च सेन्सर र २.७ गुणासम्मको अप्टिकल जुमसहितको २०० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो क्यामेरा पनि समावेश गरिएको छ।
एआई–सञ्चालित गिम्बल र उच्च क्षमताको क्यामेरा प्रणालीको संयोजनले तस्बिर तथा भिडियो दुवैमा उन्नत स्थिरता र गुणस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
शक्तिशाली प्रोसेसर र ७ हजारभन्दा बढी एमएएच ब्याट्री
फोनलाई स्न्यापड्रागन ८ एलिट जेन ५ मोबाइल प्लेटफर्म ले शक्ति प्रदान गरेको छ। यसले एआई प्रशोधन, तस्बिर तथा भिडियो प्रशोधन र एकैपटक धेरै काम गर्न फ्ल्यागशिप स्तरको प्रदर्शन उपलब्ध गराउने बताइएको छ।
त्यस्तै, फोनमा ७ हजार ६० एमएएच क्षमताको नयाँ पुस्ताको होनर सिलिकन–कार्बन ब्याट्री रहेको छ। छिटो चार्जिङका लागि १२० वाट तारयुक्त तथा ५० वाट ताररहित सुपरचार्ज सुविधा उपलब्ध छ।
६.३१ इन्चको ओएलईडी डिस्प्ले
डिजाइनतर्फ होनर रोबोट फोनमा एकीकृत धातुबाट निर्मित युनिबडी डिजाइन प्रयोग गरिएको कम्पनीले जनाएको छ। फोनमा ६.३१ इन्चको एलटीपीओ ओएलईडी एआई आई कम्फर्ट डिस्प्ले दिइएको छ, जसलाई होनर नानोक्रिस्टल शिल्डले सुरक्षा प्रदान गर्छ।
डिस्प्लेले आवश्यकता अनुसार १ देखि १२० हर्जसम्मको परिवर्तनशील रिफ्रेस दर उपलब्ध गराउँछ भने यसको अधिकतम चमक ६ हजार ८ सय निट्स सम्म पुग्ने बताइएको छ। लामो समयसम्म प्रयोग गर्दा आँखालाई सहज बनाउन ४३२० हर्ज पीडब्लुएम डिमिङ लगायतका उन्नत आँखा–मैत्री प्रविधि पनि समावेश गरिएको छ।
पूर्ण रूपमा मेकानिकल गिम्बललाई स्मार्टफोनमै एकीकृत गर्दै एआई, रोबोटिक्स र व्यावसायिक तस्बिर तथा भिडियो प्रविधिको संयोजन गरिएको होनर रोबोट फोनलाई मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युगतर्फको महत्वपूर्ण कदम का रूपमा प्रस्तुत गरिएको छ।
























