NADA AUTO SHOW -2026
IME Life
NIMB

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी निर्माणका लागि सुरक्षित कार्यस्थल

NIMB
leapmotornepal (citroen)

सल्यान, खलङ्गा । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी निर्माण सीप संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकका लागि सुरक्षित तथा व्यवस्थित कार्यस्थल निर्माण गरी हस्तान्तरण गरेको हो।

परम्परागत सीपसँगै स्थानीय रोजगारी र आयआर्जनको अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको उक्त टहराले विक दम्पतीलाई खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित कार्यस्थल उपलब्ध गराएको छ।

पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको नेपाली खुकुरी निर्माणको ज्ञान, सीप र प्रविधि पछिल्लो समय विभिन्न चुनौतीबीच संरक्षणको आवश्यकता महसुस हुन थालेको छ। सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार तथा बजारको पहुँचजस्ता विषयले परम्परागत पेशालाई निरन्तरता दिन चुनौती थपिरहेको अवस्थामा निजी क्षेत्रबाट भएको यस्तो सहयोगले स्थानीय व्यवसायीलाई उत्साह मिल्ने विश्वास गरिएको छ।

लाभग्राही राजु विकले वल्र्डलिंकको सहयोगले आफ्नो परम्परागत व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउन थप हौसला मिलेको बताए। उनका अनुसार खुकुरी नेपालीको मौलिक पहिचानसँग जोडिएको ऐतिहासिक सम्पदा मात्र नभई पुस्तौंदेखि जीविकोपार्जनको आधारसमेत रहँदै आएको छ।

नेपाली खुकुरीलाई केवल एउटा हतियारका रूपमा मात्र नभई नेपालीको साहस, गौरव, इतिहास र सांस्कृतिक पहिचानसँग जोडेर हेरिन्छ। त्यसैले यसको निर्माणसँग सम्बन्धित मौलिक ज्ञान र सीप नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै संरक्षण गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ।

स्थानीय समुदायका अनुसार यस्ता पहलले ‘सीप जोगाऔँ, परम्परा बचाऔँ र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाऔँ’ भन्ने उद्देश्यलाई व्यवहारमा उतार्न मद्दत पुग्नेछ। परम्परागत पेशालाई आधुनिक र सुरक्षित कार्यस्थलसँग जोड्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना र दिगो आयआर्जनका अवसरसमेत विस्तार हुन सक्ने उनीहरूको विश्वास छ।

वल्र्डलिंकले समुदायको आवश्यकता पहिचान गर्दै सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न CSR कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वल्र्डलिंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परम्परागत सीप र व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

नेपालीको पहिचान, गौरव र शानका रूपमा रहेको खुकुरी बनाउने पुस्तौंदेखिको सीपलाई जोगाउँदै स्थानीय व्यवसायलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासमा वल्र्डलिंकको यो पहल सानो भए पनि अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

  काठमाडौँ । नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरूको सानो...

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:२८

  काठमाडौं । होटल तथा आतिथ्य व्यवसायलाई शंकाको दृष्टिले नभई...

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...