जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
Friday Aug 21, 2026
वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७
जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स ले जनकपुरमा आफ्नो १०औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। सोरुम उद्घाटनसँगै कम्पनीले विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत इ.मास ५ सहरी जीवनशैली र दैनिक यात्रालाई थप सहज, स्मार्ट तथा आधुनिक बनाउने लक्ष्यका साथ ल्याइएको कम्पनीले जनाएको छ।
हालै मलेसियामा आयोजित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ उपाधि प्राप्त गरेको इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको संयोजनका रूपमा बजारमा आएको बताइएको छ।
इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध छन्। साथै ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीले जनाएको छ। यसले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मका लागि पर्याप्त व्यावहारिकता र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई थप विस्तार गर्दै जनकपुरका ग्राहकसम्म इ.मास ५ पुर्याउन पाउँदा उत्साहित रहेको बताए।
उनका अनुसार भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुर पुगेको छ भने वीरगञ्जमा हुने कार्यक्रमसँगै अभियानले अर्को महत्वपूर्ण चरण पूरा गर्नेछ। कम्पनीले नेपालभर रहेका आफ्ना ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ लाई ग्राहकसम्म पुर्याउने योजना बनाएको जनाएको छ।
दुई भेरियन्टमा उपलब्ध, मूल्य ३२.९९ लाखदेखि
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणका अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको रु. ३६ लाख ९९ हजार तोकेको जनाएको छ।
इच्छुक ग्राहकले जनकपुरस्थित नयाँ आधिकारिक प्रोटोन सोरुममा पुगेर इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। सोरुममार्फत गाडीको आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारीसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नेपालभर प्रोटोनको उपस्थिति विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने अभियानअन्तर्गत जनकपुरमा नयाँ सोरुम सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको कम्पनीको भनाइ छ।
























