CG Electronics
IME Life
NIMB

पराराष्ट्र मन्त्री भन्छन्– ‘अंग्रेजी बोल्न जान्नु नै शिक्षाको गुणस्तर होइन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा बिग्रियो भने भविष्य नै प्रभावित हुने बताएका छन् ।
आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा पुरस्कार वितरण कार्यक्रममा उनले पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले विकासको कुरा गर्दा पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा हो । यसलाई मुख्य पूर्वाधार मानेर जनतालाई सर्वशुलभ तरिकाले गुणस्तरीय शिक्षा दिन जुन प्रकारको लगानी गर्नुपर्छ त्यहाँदेखि नै हाम्रो केही कमजोरीहरु छन् ।

 

पहिलो प्राथमिक लगानी शिक्षामा हुनुपर्छ किनभने यो क्षेत्र बिग्रियो भने समाज ध्वस्त हुन्छ, अरु भनेको यो वर्ष सडक बनाउन नसके अर्को वर्ष बनाउँदा पनि हुन्छ । तर शिक्षा विग्रियो भने हाम्रो भविष्य मै प्रभाव पर्छ । त्यसकारण शिक्षामा लगानी अहिले जुन अनुपातमा गरिरहेका छांै, त्यसलाई बढाउनु पर्छ ।’

यस्तै, उनले भौतिक संरचनाले मात्रै शैक्षिक संस्थाहरु नचल्ने भन्दै शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउनु पर्ने बताए ।
नेपाली शिक्षा प्रणाली विद्यार्थीहरुलाई मेसिन बनाउने हिसाबको भएको भनेर आलोचना गर्दै
उनले भने, ‘भौतिक संरचनाले मात्रै हो र शैक्षिक संस्थाहरु चल्ने, अनि गुणस्तरिय शिक्षा भनेको अङ्ग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होईन नि, हामीले यो परिभाषालाई पनि परिवर्तन गर्नुपर्छ ।

 

शिक्षा भनेको जीवन उपयोगी हुनुपर्छ, पूर्ण जीवनको लागि हुनुपर्छ । तर हाम्रो शिक्षा दुईवटा कुरामा केन्द्रीत हुन थालेको छ । हामी कसरी जागिर राम्रो खाएर जीवनयापन गर्ने भन्ने तर्फ केन्द्रीत हुन थालेको छ ।’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...