CG Electronics
IME Life
Ncell NPL

एनआईसी एशिया बैंकको मास्टरकार्ड जारी गर्ने सेवा शुभारम्भ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एन आईसी एशिया बैंकले मास्टरकार्ड जारी गर्ने सेवा शुरुवात गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड जारी गर्ने सेवा शुभारम्भ गरेको हो ।

आइतबार पोखरामा आयोजना गरेको कार्यक्रमका सो सेवाको शुभारम्भ भएको छ । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक सम्पर्कविहिन प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएम निकासीको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिनेछ ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवा प्रदायक, मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले हालसम्म भिसाकार्डबाट सेवा प्रदान गरिरहेको छ ।

मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा, कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:५७

  काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २ अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंक लिमिटेडले प्राप्त गर्‍यो २...

वि.सं.२०८३ वैशाख ९ बुधवार १८:५९

  काठमाडौं । Garima Bikas Bank Limited ले गुणस्तरीय बैंकिङ...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...