Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

 

काठमाडाैं। शशिला मोटर्स प्रालिले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ। एक पटकको फुलचार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले बताएको छ।

क्याटएल १ सय २३ किलोवाटको (लिथियम आईरन फोस्फेट) ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ। यो बसको लम्बाइ २५ फिट हुनेछ।

फराकिला सिट र पर्याप्तखाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन्।

१२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ। उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्जट सेवा दिने पनि बताए।

दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। बसको मूल्य निर्धारण हुनबाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ।

विगत १० वर्षदेखि व्यवसायिक गाडीहरु बिक्री वितरण गर्दै आइरहेको शशिला मोटर्स प्रालि पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भान्चे ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ। जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो।

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

वि.सं.२०८२ असार २२ आइतवार २१:१२

  काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन...

वि.सं.२०८२ असार २० शुक्रवार १४:५५

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस...

वि.सं.२०८२ असार २० शुक्रवार १४:१५

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...