Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एनआईसी एशिया बैंकको मास्टरकार्ड जारी गर्ने सेवा शुभारम्भ

 

काठमाडौं । एन आईसी एशिया बैंकले मास्टरकार्ड जारी गर्ने सेवा शुरुवात गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टर कार्ड जारी गर्ने सेवा शुभारम्भ गरेको हो ।

आइतबार पोखरामा आयोजना गरेको कार्यक्रमका सो सेवाको शुभारम्भ भएको छ । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक सम्पर्कविहिन प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएम निकासीको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सकिनेछ ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवा प्रदायक, मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले हालसम्म भिसाकार्डबाट सेवा प्रदान गरिरहेको छ ।

मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा, कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५६

  काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ...

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित...

वि.सं.२०८२ जेठ २८ बुधवार १७:४३

    काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ...

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:२३

  काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल...

वि.सं.२०८२ जेठ १५ बिहीवार २१:३६

  काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति...