CG Electronics
IME Life
NIMB

फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : थुग्जे वाङछ्युक ‘सुबास पाख्रिन’ समेतलाई ‘दोर्जेलोपेन’ उपाधि

NIMB
Himalayan Bank

काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं उच्च अनुशासित मानिने तीन वर्षे (लोसुम) ध्यान साधना सम्पन्न भएको छ। दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा रहेको परमपूज्य क्याब्जे ज्याड्रल साङ्गे दोर्जे रिन्पोछेको ‘ज्याड्रल रिन्पोछे गुम्बा’ मा यो गहन आध्यात्मिक अनुष्ठान पूर्ण भएको हो। साधना पूरा गरेसँगै साधक कर्म ल्हुङतोक ‘सुबास पाख्रिन’ लगायतले बौद्ध दर्शनको गरिमामय ‘दोर्जेलोपेन’ (लामा) को उपाधि प्राप्त गर्नुभएको छ।

 

बौद्ध बज्रयान दर्शनमा ‘लोसुम’ लाई आत्मशुद्धि र आध्यात्मिक चेतनाको सर्वोच्च साधना मानिन्छ। यस अन्तर्गत साधकहरूले तीन वर्ष, तीन महिना र तीन दिनसम्म बाहिरी संसारबाट पूर्णतः टाढा रही, कठोर अनुशासन र निरन्तर ध्यानका माध्यमबाट प्रज्ञा एवं करुणाको अभ्यास गर्दछन्। सम्पूर्ण धर्म अभ्यासको मूल लक्ष्य बुद्धत्व प्राप्ति नै रहेको सन्दर्भमा यस कठोर साधनाको सफलतापूर्वक समापन हुनुलाई बौद्ध आध्यात्मिक क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

 

साधना सम्पन्न गरी ‘दोर्जेलोपेन’ उपाधि ग्रहण गर्नुभएका पेमा मोक्तान, कान्छा दोङ, साङ्ग्य थिङ, थुग्जे वाङछ्युक(सुबास पाख्रिन) सहितका नवदीक्षित लामाहरूलाई देश तथा विदेशमा रहेका धर्ममित्र, इष्टमित्र, आफन्त तथा शुभेच्छुकहरूले हार्दिक बधाई ज्ञापन गर्दै सुखद आध्यात्मिक यात्राको शुभकामना व्यक्त गरेका छन्।

कठोर त्याग र ध्यानको बलबाट प्राप्त उहाँहरूको यो ज्ञान, प्रज्ञा र आध्यात्मिक ऊर्जाले आगामी दिनमा समस्त प्राणी जगत्को कल्याण, शान्ति र लोकहितमा मार्गदर्शन गर्ने विश्वास धार्मिक अनुरागीहरूले लिएका छन्।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...