CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकले सबै प्रदेश कार्यालयमा लर्निङ सेन्टर सञ्‍चालन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशमा रहेका आफ्ना प्रदेश कार्यालयहरुमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नै प्रदेश कार्यालयका भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु सञ्चालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

मंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ सेन्टरहरुको उद्घाटन गरेका छन् । समारोहलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरु संचालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुख लगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । आज लर्निङ सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३ , मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा ९ , लुम्बिनीमा २३ , कर्णालीमा ५ र सुदूरपश्चिममा १० जना गरि १३० कर्मचारीहरुले प्रशिक्षण पनि लिएका छन् ।

बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापनाले आगामी दिनमा अझ शसक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा...

वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३

  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने...

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...