CG Electronics
IME Life
Ncell NPL

३९ औं श्री जगन्नाथ रथयात्रा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना गरिदै छ।नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर- दरबारमार्ग – पुतलीसडक -प्रदर्शनी मार्ग – भद्रकाली – एन. ए. सी न्यूरोड – बसन्तपुर – न्यूरोड हुँदै टुडिखेलमा समापन हुनेछ यसरी सम्पुर्ण नगरबासिहरु भगवान नामको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपुर्ण बिधिले उत्सब मनाउने गरिन्छ।

नेपाली ईतिहासमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रध्यक्ष सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ हुनेछ।

राष्ट्रपतिले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगनाथ वलदेव शुभद्रा महारानी को दर्शन गरि पुजामा सहभागि हुनुहुनेछ।साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दु सनातन धर्मलाई फेरि ब्युँझाउन महान योगदान गर्नुहुने इस्कोनका संस्थापक आचार्य श्री श्रीमद ए. सी. भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यापर्ण गरि सम्मान प्रकट गर्नहुनेछ।

साथै ईतिहासमा जगन्नाथ पुरीका राजाले भगवान बिराजमान हुनुभएको रथ हिड्ने बाटो सुनौलो झाडु प्रयोग गरि मार्जन गर्नुहुन्थ्यो।त्यसरी नै सम्माननिय राष्ट्रपति ज्यूले पनि मार्जन गरि वैष्णव संस्कारलाई निरन्तरता दिनुहुनेछ ।

बिहान १०:०० बजे बाट शुरु हुने यस कार्यक्रममा नगरबासीहरुको उपस्थितिमा भगवान नामको किर्तन, भगवानको दिव्य लिला बर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण गरिने छ।रथयात्रा मार्गमा नगरबासिहरुले आ-आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना हुने संस्कृति रहेको छ।

यसरी हजारौँ भक्तहरुको उपस्थितिमा टुडिखेलमा साँस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुनेछ।यसरी श्रीजगन्नाथ प्रसादमको आनन्द लिएर कार्यक्रम समापन हुनेछ।यसरी नेपाली संस्कारको महत्व अहिले संसारभरि आवश्यकता रहेको र त्यसको पुर्तिको लागि यस रथयात्रा कार्यक्रमले एक अर्को पाईला चालेको हामीले अपेक्षा गरेका छौं ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...