CG Electronics
IME Life
NIMB

क्यान्सर रोगबाट पीडित पत्रकार रेनुका सुवेदी श्रेष्ठद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

NIMB
Himalayan Bank

 

 

काठमाडौं, १५ साउन । पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताईन् । उनले आफूलाई पाठेघरको क्यान्सर भएको बताईन् । उनले छिटोभन्दा छिटो उपचार गर्न नसकेको खण्डमा ज्यान जोखिममा रहेको भनी डाक्टरहरुले भनेको सुनाईन् ।

आफू विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेको र जहिल्यैपनि दुःखी तथा पीडितको कुरालाई अगाडि ल्याउन अग्रसर भएर काम गरेको स्मरण गराउँदै उनले आहिले आफूलाई परेको दुःखमा सबैले सकेको सहयोग गरिदिन आग्रह गरिन् ।

उनले रेनुका सुवेदी श्रेष्ठको कृषि विकास बैंक (पाँचखाल शाखा) खाता नम्बर ०२१२७०१५१४०१७०१६ मा आफूले सहेको सहयोग पठाएर उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पत्रकार रेनुका सुवेदी श्रेष्ठको उपचारमा सहयोगी हातहरु अगाडि बढाउन अपिल गरे । उनले नागरिक समाजका अगुवा र विभिन्न क्षेक्रका व्यत्तित्वहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

‘एक जना सञ्चारकर्मीको उपचारका लागि म सबै पक्षलाई आग्रह गर्न चाहन्छु । सरकार, सञ्चारमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री सबैलाई आग्रह गर्न चाहन्छु– उहाँको उपचारमा राष्ट्रिय माहोल सिर्जना गरेर उहाँलाई स्वास्थ्यलाभको स्थितिमा पुर्याउन सहयोग गरौं ।

म पनि उहाँलाई आफ्नोतर्फबाट सकेको सहयोग गर्छु,’– उनले भने । उनले आजैबाट रेनुका सुवेदी श्रेष्ठ बचाउ अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...