CG Electronics
IME Life
Ncell NPL

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एनसेलले ‘बिज सधैं अन’ का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्न लायन्स्गेट प्लेसँग सहकार्य सुरु गरेको छ ।

लायन्स्गेट प्ले लायन्स्गेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरूलाई बाँधी राख्ने खालका फ्रान्चाइजी, प्रिमियर लगायता थुप्रै प्रिमियम कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको छ ।

 

यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकलाई बन्डल सेवाका रूपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको कम्पनीको भनाइ छ ।

‘बिज सधैं अन’ को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकको प्रतिक्रिया उत्साहजनक कम्पनीले जनाएको छ ।

 

‘लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’ का ग्राहकका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरू मध्येको एक लायन्स्गेटको बृहत् संग्रहमा पहुँच दिन्छ,’ एनसेलका हेड अफ बिजनेस सोलुसन्स् रञ्जन शर्माले भने ।

स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म ‘बिज सधैं अन’ का ग्राहकबाट प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए ।

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसमा हलिउडका हिट फिल्मदेखि लिएर, टिभी सो, लायन्स्गेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्री र विश्वका दर्शकहरूले मन पराउने अन्तर्राष्ट्रिय चलचित्रहरु रहेका छन् ।

‘विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,’ लायन्स्गेट प्ले एसियाका अध्यक्ष रोहित जैनले भने, ‘समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरू सहित हाम्रो सामग्रीहरूको बृहत् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरूका लागि मुख्य गन्तव्य बन्ने कुरामा विश्वस्त छौं ।’

कम्पनीका अनुसार लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरूले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट खुल्दै, ७.७८ लाख कित्ता शेयर सर्वसाधारणका लागि

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३९

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका...

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...