CG Electronics
IME Life
Ncell NPL

स्वास्थ्य क्षेत्रका कानुनी र नीतिगत व्यवस्था समयसापेक्षित सुधार हुन्छ : मन्त्री पौडेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिने बताएका छन् ।

आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्रका कानुनहरु कार्यान्वयनका लागि कानुनी सुधार जरुरी रहेकाले स्वास्थ्य बिमा नियमावली संशोधन गरेर बिमा ऐनलाई परिमार्जन गरी अगाडि बढाइने बताए ।

उनले भने,‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिनेछ । यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ । त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउने छौं ।’

उनले अभ्यास गर्दै आएका केही कानुनी र नीतिगत प्रवन्धहरुलाई समयसापेक्षित सुधार गर्नेगरी पस्ताव गरेको जानकारी दिए उनले भने,‘हामीले अभ्यास गर्दै आएका केही कानुनी प्रवन्धहरुलाई समयसापेक्षित सुधार गर्ने केही नीतिगत प्रवन्धहरुलाई पनि

आवश्यकता अुनसार सुधार गर्नेगरी प्रस्ताव गरेका छौं ।

संवैधानिक प्रावधानअनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि र संघीयताको पूर्ण कार्यन्वयनका लागि आवश्यक नीति तथा कानुनको तर्जुमा संशोधन तथा एकीकरण गर्न आवश्यक देखिन्छ ।’

स्वास्थ्यमन्त्री पौडेलले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने पनि बताए ।

 

उनले दुर्गममा स्वास्थ्य सेवा लैजान जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहमा प्रतिष्ठान, मेडिकल कलेज तथा विशिष्टीकृत अस्पतालसँग साझेदारी र समन्वय गरी काम गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेको छन् ।

 

अनौपचारिक क्षेक्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यत्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएको उनको भनाई छ ।

 

 

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...