CG Electronics
IME Life
Ncell NPL

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तिन दिने सिर्जनशील उद्यमी मेला २०८१ सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । हरितालिका तिजको अवसर पारेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि सिर्जनशील उद्यमी मेला २०८१ आजदेखि सुरु गरिएको छ ।

सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली परिसरमा आयोजित मेलामा घरेलु तथा हस्तकला समग्री, कृषि उत्पादन, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो । मेला आइतबारसम्म चल्नेछ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले मेला उद्घाटनका क्रममा मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस किसिमका मेलाले टेवा दिने बताइन् । महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि पनि हस्तकला तथा घरेलु उद्योगबाट उत्पादिन सामाग्रीलाई ब्रान्डिग गर्नका लागि यस्ता मेला आवश्यक रहेको बताइन् ।

स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताउँदै मन्त्री खड्कीले सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरीन ।

केन्द्रका अध्यक्ष मिलु थापाले महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्न सकेमा उनीहरूको परिवारको सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताउँदै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदर्शनी गरिएको जानकारी दिएकी छिन् ।
श्रृजनशील महिलाहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रुपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत २१ वर्षदेखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै आएको आयोजक महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् ।महिलाले उत्पादन गरेका सामाग्रीलाई प्रचार प्रसार तथा ब्रान्डिग गरी बजारीकरण गर्न यस मेला महत्त्वपूर्ण हुने आयोजकको थापाले बताइन् ।

तीन दिने मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त मेला महिला श्रृजनशील केन्द्रले आयोजना गरेको हो । यसका तिन दिने वृहत् मेलामा ८० भन्दा बढी स्टलहरु रहेका छन् भने र १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...