CG Electronics
IME Life
NIMB

एमएडब्लु ग्रुपले गर्‍यो प्रिमियम इभी ‘नामी’ कार सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ ईभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा यो ईभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको बताएको छ ।

नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको छ। स्टाइल र सफोस्टिकेसनको समिश्रण भएको नामी युनिक मात्र नभइ ग्ल्यामरस पनि रहेको कम्पनीको भनाइ छ।

ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो इभी आकारमा ठूलो छ। प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन्। ४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक हो।

१७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ। साथै यसमा विस्तार गर्न मिल्ने क्याबिन छ जसले सबै यात्रुका लागि पर्याप्त स्पेस र कम्फर्ट प्रत्याभूति गर्नेछ।

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मिश्रित छ। यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ।

साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्‍याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ। यसको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिट डबल डी डिजाइन स्टेरिङ ह्विल, १२.८ इन्चको एचडी डिस्प्ले जस्ता फिचर छन्।

यसमा प्रयोग भएको वायरलेस चार्जर, टापु जस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई अब्बल बनाएको छ। यसमा फुल्ली अटोमेटिक पार्किङ सिस्टम, तीन ड्राइभिङ मोड (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई बेजोड बनाएको छ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरू रहेका छन्।

नामीमामा एडाप्टिभ क्र्युज कन्ट्रोल, फवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, लेन डिपार्चर वार्निङ र ट्राफिक साइन रेकगिनसन जस्ता लेभल २ एडाससहितको अत्याधुनिक सुरक्षा फिचर रहेका छन्। फाइभ स्टार एनसिएपी रेटिङ पाएको नामीमा उच्च स्तरको क्र्यास प्रोटेक्सन र सुरक्षा व्यवस्था रहेको छ। यसको प्योर इभी क्वान्टम र आर्किटेक्चरले यसको सुरक्षा र सुविधालाई थप राम्रो बनाएको छ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ। यो नयाँ इभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ। जसको रियल लाइफ रेन्ज चार सय ३० किलोमिटर (सिएलटिसी) रहेको छ। नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिङका लागि यसलाई बेजोड बनाउनेछ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ। नामी सात विभिन्न रंगहरूमा उपलब्ध हुनेछ (सेतो, निलो, बैजनी, हरियो, र ड्युल टोनमा निलो र सेतो, हरियो र सेतो, बैजनी र सेतो। यसैगरी, यसमा दुई इन्टेरियर रंग विकल्पहरू उपलब्ध छन्  यसको लक्जरियस इन्टेरियर दुई वटा कलर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रेमा उपलब्ध छ।स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिंग एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिङ एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो।

 

यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी इ१, नामी इ२ र नामी इ३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको सुरुवाती मूल्य क्रमशः २९ लाख ९९ हजार रूपैयाँ, ३१ लाख ९९ लाख र ३४ लाख ९९ लाख रूपैयाँ रहेको छ। ड्युल टोनको लागि थप ५० हजार रूपैयाँ अतिरिक्त हुने कम्पनीको भनाइ छ।

 

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...