Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तिन दिने सिर्जनशील उद्यमी मेला २०८१ सुरु

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । हरितालिका तिजको अवसर पारेर महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि सिर्जनशील उद्यमी मेला २०८१ आजदेखि सुरु गरिएको छ ।

सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा बालुवाटारस्थित आम्रपाली परिसरमा आयोजित मेलामा घरेलु तथा हस्तकला समग्री, कृषि उत्पादन, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो । मेला आइतबारसम्म चल्नेछ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले मेला उद्घाटनका क्रममा मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस किसिमका मेलाले टेवा दिने बताइन् । महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि पनि हस्तकला तथा घरेलु उद्योगबाट उत्पादिन सामाग्रीलाई ब्रान्डिग गर्नका लागि यस्ता मेला आवश्यक रहेको बताइन् ।

स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्नसकेमा त्यसले पूँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने बताउँदै मन्त्री खड्कीले सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरीन ।

केन्द्रका अध्यक्ष मिलु थापाले महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्न सकेमा उनीहरूको परिवारको सामाजिक तथा आर्थिक रुपान्तरण हुने बताउँदै स्वदेशी उत्पादनलाई बढावा दिन प्रदर्शनी गरिएको जानकारी दिएकी छिन् ।
श्रृजनशील महिलाहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रुपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत २१ वर्षदेखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै आएको आयोजक महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् ।महिलाले उत्पादन गरेका सामाग्रीलाई प्रचार प्रसार तथा ब्रान्डिग गरी बजारीकरण गर्न यस मेला महत्त्वपूर्ण हुने आयोजकको थापाले बताइन् ।

तीन दिने मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त मेला महिला श्रृजनशील केन्द्रले आयोजना गरेको हो । यसका तिन दिने वृहत् मेलामा ८० भन्दा बढी स्टलहरु रहेका छन् भने र १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...