CG Electronics
IME Life
NIMB

ग्लोकल द्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल १०औं संस्करण, अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ग्लोकलद्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।

देशभरिका किशोर किशोरीहरुबाट कुल ७०९ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो ।

हरेक बर्षझैँ यस वर्षपनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
आशिष पन्थी, १९, प्राविधिक शिक्षक, कपिलवस्तु
घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मी, रुकुम
निश्चल भट्टराई, १६, शैक्षिक कार्यकर्ता, स्याङ्जा
पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्ता, झापा
सजनी शर्मा, १९, सामाजिक कार्यकर्ता, कास्की
श्रीजय सुवेदी, १८, प्राविधिक उत्साही, पर्सा

उत्कृष्ट २० किशोरकिशोरीहरूबाट उनीहरुको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम ६ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको हो । यस बर्षको निर्णायक टोलीमा Ace Institute of Management का डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि,सुश्री प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा ग्रुप प्रा लिमिटेडकी डाइरेक्टर श्रीमती सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो छन् ।

यस बर्ष पनि अन्तिम ६ प्रतिस्पर्धीहरुले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू, राजदूत एवम अन्य विशिष्ट व्यक्तित्वहरू सँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन् ।

सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम ६ प्रतिस्पर्धींको व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२४ को बिजेता घोषणा गरिने छ ।

एसएमएस भोटिंग राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुल्ला रहनेछ, जसले गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको विजेता छनोटमा पनि योगदान गर्नेछ। प्रतिस्पर्धीहरूलाई भोट गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३५००१ मा एसएमएस गर्न सक्नु हुनेछ ।

फाइनलिस्टहरूका लागि भोटिङ कोडहरू र एसएमएस गर्ने विधि यसप्रकार रहेका छन् ।

आशिष पन्थी– GTH<space>AP
घनश्याम विश्वकर्मा– GTH<space>GB
निश्चल भट्टराई– GTH<space>NB
पूर्णिमा तिम्सिना– GTH<space>PT
सजनी शर्मा– GTH<space>SS
श्रीजय सुवेदी– GTH<space>SH

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सेप्टेम्बर १, २०२४ मा सोल्टी होटेल काठमाडौँमा सन्चालन गरिनेछ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, KFC पंचकन्या गु्रप, नबिल बैंक, डिशहोम गो, Ace Institute of Management, र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमा No Next Question (NNQ); समर्थकमा ईसेवा, पिज्जा हट र आईएमएस ग्रुप रहेका छन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...