CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नयाँबानेश्वरमा अवस्थित नेपालबाल सेवा फाउन्डेसनका बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ। स्थापनाकालदेखि नै विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाहरूको सेवा गर्दै आएको यस फाउन्डेसनले हाल ४५ जना बालबालिकाहरूलाई संरक्षण दिइरहेको छ। इन्स्योरेन्स कम्पनीले उक्त बालआश्रममा आश्रित बालबालिकाहरूमध्ये ज्ञानभूमि स्कुलमा अध्ययन गरिरहेका ८ जना बालबालिकाको वार्षिक पढाइ शुल्कबापत प्रतिबालबालिका रु. ३०,००० का दरले कुल रु. २,४०,००० (अक्षरेपी दुई लाख चालिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग उपलब्ध गराएको हो।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव कल्याण र समाजहितका क्षेत्रमा विभिन्न गतिविधिहरू निरन्तर गर्दै आएको छ। यस प्रकारका कार्यहरू प्रति सक्रिय भूमिका निभाउँदै कम्पनीले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गरेको छ। आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याउने योजना रहेको कम्पनीले बताएको छ। यस्ता प्रयासहरू मार्फत व्यवसायिक नाफासँगै सामाजिक हितलाई पनि सँगसँगै अगाडि बढाउने विश्वास कम्पनीले लिएको छ भने भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी र समुदायमैत्री बनाउने रणनीति बनाएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवाको विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल कम्पनीले देशभर रहेका आफ्ना १७६ वटा शाखा सञ्जालमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। हाल कम्पनीको कुल पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने लगानी २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ। यसका साथै, कम्पनीमा हाल १७,००० भन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत रहेका छन्।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...