CG Electronics
IME Life
Ncell NPL

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

मन्त्री भण्डारीले भने, “इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।” सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने धारणा राखे । “यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौँ”, उनले भने ।

वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गरे । उनले भने, “काम गर्ने क्रममा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमान्दारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहज रुपले समाधान गर्दै जानुपर्छ ।”

मन्त्रालयका सचिवद्वय राउत र कार्कीले उक्त कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...