CG Electronics
IME Life
NIMB

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ । कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपालः मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ ।

सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’ को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हाल सञ्चालनमा रहेको दशैं–तिहार लक्षित योजनामा थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

 

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य स्थापना भएको हो ।

 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...