CG Electronics
IME Life
Ncell NPL

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।

गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्‍याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ ।

युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानविन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ । ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौं करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजिनक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानविन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस यूनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौं मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।

युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ ।

असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाई र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...